Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेप्रति देशभर आकर्षण बढेको छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले तराई–मधेससँगै देशभर नै एमालेप्रति आकर्षण बढेको दाबी गरेका छन् ।
उनले विगतमा मुख्य गरेर तराई–मधेसको सन्दर्भमा एमालेलाई आइसोलेसनमा राख्ने प्रयासहरु भएको आरोप लगाए ।

महासचिव पोखरेलले भने, ‘पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०–७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो, अहिले झण्डै सतप्रतिशत कार्यकर्ताको सहभागिता हुने गरेको छ, यो भनेको पार्टीप्रतिको आकर्षण कार्यकर्तादेखि जनस्तरको तहमा पनि बढेको भन्ने प्रमाण हो ।’

उनले थपे, ‘अहिले ती ठाउँमा एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छ, ‘निर्वाचित जनप्रतिनिधि समेत अहिले दल छाडेर नेकपा (एमाले) को पक्षमा उभिन थाल्नुभएको छ, त्यो आकर्षण त्यसै पैदा भएको होइन, हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकार रहेका बेला तराई–मधेसका समस्या समाधान गर्ने सन्दर्भमा हामी जुन प्रकारको नीति अवलम्बन गर्यौँ, त्यसको प्रभाव हो भन्ने बुझ्न जरुरी छ ।’

महासचिव पोखरेलले कुनै समय आध्यक्ष केपी शर्मा ओली र एमालेलाई तराई–मधेसमा निषेधको राजनीति गर्ने प्रयास भएको आरोप लगाउँदै एमालेले त्यसलाई तोड्दै सहकार्यको राजनीति अवलम्बन गरेर त्यसको जवाफ दिएको बताए ।

‘संविधानप्रति नै असहमति व्यक्त गर्दै आउनुभएका उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई हामीले तपाईँहरुका मुद्दा सम्बोधन गर्ने हामीले नै हो भनेर सरकारमा सहभागी गरायौँ र सम्बोधन गर्न सुरुवात पनि गर्यौँ,’ उनले भने, ‘मूलधारको राजनीतिभन्दा बाहिरको राजनीति गरिरहेकाहरुलाई पनि हामीले मूलधारको राजनीतिमा ल्याउने कामको थालनी गर्यौँ ।’

उनले विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिँडेका सिके राउतलाई संवैधानिक मूलधारको राजनीतिमा ल्याउन एमाले सफल भएको बताए ।

‘हिंसालाई राजनीतिको माध्ययम बनाइरहेको विप्लव समूहलाई पनि मूलधारको राजनीतिमा ल्याउन सफल भयौँ,’ उनले भने, ‘परम्परागत राजतन्त्रको पक्षमा उभिएको राप्रपा नेपालका नेता कमल थापालाई पनि हामीले गणतन्त्रको धारमा ल्याउन सफल भयौँ, यो प्रकारको सफलता नेकपा एमालेको विकास हो भन्ने कुराको पुष्टि गर्छ ।’

महासचिव पोखरेलले तराई–मधेसको विकास र समृद्धिका सन्दर्भमा एमालेले अघि सारेका विकासका आयोजनाले पनि एमालेप्रतिको आकर्षण बढेको दाबी गरे ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545