Techie IT
शुक्रबार, वैशाख ५,२०८२

फुटुङ्गको इतिहास, संस्कृति र विकासबारेको पुस्तकसार्वजनिक


काठमाडौंको उत्तरी भेगमाअवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्नपक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिकविकास र सञ्चार क्षेत्रमाक्रियाशीलश्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तकसार्वजनिक गरिएको हो ।

पुस्तकविमोचनगर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेशगौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनकाविभिन्नपक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो ।

पुस्तकप्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइथियो । समारोहमाविकास अर्थशास्त्रीप्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमालिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमाआएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तकप्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो ।

विमोचनकार्यक्रममाबोल्दै साहित्यकार लबगाउँलेले लेखक फुटुङ्गेको अधिक मेहनतले यो पुस्तक प्र्रकाशन संभवभएको सुनाउनु भयो । उहाँले आफ्नो ठाउँलाई युवा उमेरदेखिनै चिनाउनविभिन्नप्रयास गरेको पनिगाउलेले उल्लेख गर्नु भयो । कार्यक्रममामनमैँजु साँस्कृतिक समाजका साहित्यविभागप्रमुख डा.घनश्याम पुडासैनीले पुस्तकको सफलताको कामनागर्दै लेखको सम्पादकीय सीप र गैरआख्यान लेखनबारे विशिष्ट ज्ञान भएको आफूले पाएको बताउनु भयो ।

उद्यमीएवं समाजसेवीहरिकृष्ण रावलले फुटुङ्गलाई चिनाउन यो पुस्तकले थपमदत गर्ने बताउँदै लेखकको प्रयासको सराहाना गर्नुभयो ।

संस्कृतिकर्मी भक्तीनारायण महर्जनले पुस्तकले नलेखिएका सास्कृतिकपक्षहरु पुस्तकमाआउनु विशेष रहेको बताउनु भयो ।

विमोचनकाअवसरमा तारकेश्वर नगरपालिकाकाप्रशासनिकप्रमुखशिवलम्सालले पुस्तकमाअत्यन्तै मेहनत परेको र आगामीदिनमाअन्य कृतिहरु प्रकाशनकालागिक्रियाशीलहुनलेखकलाई सुझाउनु भयो ।

पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासकाविविधपक्षतथाबदलिएको जीवन र आगामीदिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गेको भनाइ छ । उहाँकाअनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुपलामो समयको प्रयासपछि पुस्तकतयार भएको हो ।

पुस्तकमा फुटुङ्गगाउँको इतिहास, धार्मिक र साँस्कृतिकपक्षतथा२०४० को दशकमागाउँको सामाजिक परिवेश अनिक्रमशःशहरी इलाकाबन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिकविकास, त्यसमा स्थानीयतह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमाव्याख्या गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा उक्तगाउँको ऐतिहासिकता, वस्ती विकास तथाविभिन्नजातिको बसाइसराइपछि आगमनकाविविधपक्षलाई उतारिएको छ । लिच्छविकालमा अस्तित्वमाआएको मानिएको फुटुङ्गमा जातियविविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ ।

फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ ।

काठमाडौंउपत्यकाकाअन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिकपक्ष पुस्तकको एउटा विशेषताहो । त्यस्तै, उनीहरुको परम्परा र गुठीसम्वन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ ।

फुटुङ्गक्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागिभएकापहलसम्वन्धीविवरण पुस्तकमा समेटिएको छ ।

पुस्तकअनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।
कुनै समय कृषि पेशामाअंगाल्ने यस क्षेत्रकाबासिन्दाहरुको जीवनशैलीमाआएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्वदिएको छ ।

त्यस्तै, फुटुङ्गमा शिक्षाशीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिकविकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छदशकको रुपमा चित्रण गरिएको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमाभएका परिवर्तनसंगै भौतिकविकासमाभएकाउपलव्धितथा सामाजिक संघसंस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतनाविकासमा महत्वपूर्ण पहलभएपनि निरन्तरताको अभावभएको यथार्थलाई औंल्याएको छ ।

फेरिएको फुटुङ्गशीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथानिजी घर र आवासमाभएको वृद्धि र शहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँविकास समितिभएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङ्गको स्थानीयविकास, कला संस्कृति र शैक्षिक–सामाजिकक्षेत्रमा योगदान गरेका व्यक्तिहरुको परिचय र कथालाई पुस्तकमाउतारिएको छ ।

भौतिकपूर्वाधारमा अघि बढेपनि समग्र विकासकालागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिकविकासको दृष्टिले महत्वदिनखोजिएको छ ।

स्थानीयचुनावको सन्र्दभमाआएको यस्तो सूचिले दलहरुलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगीहुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ ।

विमोचनकार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिकदलकाप्रतिनिधिएवम् संचारकर्मी गरी करिब १सय५० जनाव्यक्तित्वको सहभागिताथियो ।

पुस्तकविमोचनकाअवसरमा पुस्तकमाचर्चा गरिएका स्थानीय समुदायको परम्परागतबाजातथालोक भजनको समेत प्रस्तुतिथियो । फुटुङ्गमा गरिएको पुस्तकविमोचन यो पहिलोहो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #फुटुङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545