Techie IT
मंगलबार, वैशाख ९,२०८२

प्रहरीले गर्यो काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार


काठमाडौं । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा शुक्रबारकाठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं एवं प्रहरी वृत्तको टोलीले उनीहरुलाई उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् ।

उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545