Techie IT
मंगलबार, वैशाख ९,२०८२

बागमती प्रदेश : एक वर्षमा ३६० जनाको मृत्यु


चितवन । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जानकारी दिए । त्यसैगरी तीन हजार ३८९ जना घाइते भएको उनले बताए । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्यांकले देखाएको बताइएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545