मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

जनकपुर । मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेका थिए ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत मङ्सिर २९ गतेदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत प्रदेशसभाको २० वटा बैठक बसेको छ । १२० दिन चलेको आठौँ अधिवेशनले प्रदेशको नाम ‘मधेस’ र राजधानी जनकपुरधाम टुङ्गो लगाएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्