Techie IT
मंगलबार, वैशाख ९,२०८२

सर्लाहीमा गोली लागेर एक भारतीय नागरिकको मृत्यु


सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट बुधबार एक जनाको मृत्यु भएको छ । साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । उक्त घटनाबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545