Techie IT
मंगलबार, वैशाख ९,२०८२

टोखा नगरपालिका– ९ ले स्मारीका प्रकाशन गर्न लागेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाठकले दिए शुभकामना


काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले टोखा नगरपालिका–९ ले वडा स्मारीका प्रकाशन गर्न लागेकोमा शुभकामना दिएका छन् ।

उनले वडा नम्बर ९ कार्यालयले आफ्नो स्थानीय विविधता, विशिष्टता, आवश्यकता र हालसम्म भएका विकास गतिविधि एवं यस क्षेत्रका बौद्धिक प्रतिभाहरुको विचार र सृजनालाई समेत समेटेर वडा स्मारीका प्रकाशन गर्न लागेको भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

यस्तो छ प्रमुख प्रशासकीय अधिकृत पाठकको शुभकामना

संघीय लोकतान्त्रिक शासन व्यवस्था कार्यान्वयनको क्रममा नागरिकको नजिकको सरकारका रुपमा यस टोखा नगरपालिका गठन भएको हो । नगरपालिकाको घोषणापछि सम्पन्न पहिलो आम निर्वाचनबाट नागरिकप्रति उत्तरदायी सरकारको गठन भई हाल सञ्चालनमा रहेको छ ।

११ वटा वडामा कायम रहेको यस नगरपालिकाको एउटा अलग्गै ऐतिहासिक, सांस्कृतिक र भौगोलिक विशेषता रहीआएको छ । अधिकांश शहरी क्षेत्र रहेको यस नगरपालिकाको ११ वटा वडाहरुमध्ये वडा नम्बर ९ कार्यालयले आफ्नो स्थानीय विविधता, विशिष्टता, आवश्यकता र हालसम्म भएका विकास गतिविधि एवं यस क्षेत्रका बौद्धिक प्रतिभाहरुको विचार र सृजनालाई समेत समेटेर वडा स्मारीका प्रकाशन गर्न लागेको कार्यको उच्च प्रशंसा गर्दछु ।

यसबाट वडाभित्र भएका महत्वपूर्ण विकास गतिविधिका अतिरिक्त बौद्धिक प्रतिभाहरुको प्रयासलाई समेत उजागर गर्ने विश्वास लिएको छु । जसबाट वडा कार्यलयको आगामी कार्यदिशा निर्धारण गर्नका अतिरिक्त अन्य वडा कायाृलयलाई समेत यस्तै सकारात्मक र रचनात्मक प्रयासहरुमा अग्रसर हुन मार्ग प्रशस्त हुने नै छ ।

साथै, वडा कार्यालयको यो प्रयासबाट सिंगो टोखा नगरपालिकाको एउटा महत्वपूर्ण बौद्धिक सम्पत्ति तयार भएकोमा गौरवान्वित समेत भएको छु ।

अन्त्यमा, यो महत्वपूर्ण कार्यका लागि अथक प्रयास गर्ने वडाध्यक्ष ज्यु, वडा सदस्य ज्युहरु, कार्यरत कर्मचारी ज्युहरु, लेख रचना उपलब्ध गराउने प्रतिभाशाली व्यक्तिका साथै सहयोगी र शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्दै वडा नम्बर ९ को उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।–
शंकर राज पाठक
प्रमुख प्रशासकीय अधिकृत
टोखा नगरपालिका


क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #स्मारीका प्रकाशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545