Techie IT
मंगलबार, वैशाख ९,२०८२

कांग्रेसले गढ भनेको कुन्चीप्वाकलमा एमालेको उत्साहजनक टोल कमिटि


तारकेश्वर काठमाडौ । नेकपा एमाले वडा कमिटी १ अन्र्तगत साङ्गला कुन्चीप्वाकल टोल कमिटि गठन भएको छ ।

जिल्ला कमिटि काठमाडौंको परिपत्र र स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको वडा नं १ का ईन्चार्ज बिदुर सापकोटाले बताए ।

जस अनुसार संघीय , स्थानिय र प्रदेश चुनावमा निकै महत्वका साथ लिइने कुन्चीप्वाकलमा टोल कमिटि गठन भएको छ ।

नेपाली कांग्रेसले आफ्नो गढ भनेर प्रचारबाजी गर्दे आएको कुन्चीप्वाकल  टोल कमिटीको अध्यक्षमा बिवेक तिमलसिना , उपाध्यक्षमा बिकास लामा , जीवना कार्की , राजेश्वर देवकोटा , अनोज तिमिल्सिना , सूर्य कुमार तामाङ्ग , सचिवमा रोशन तामाङ्ग, उपसचिवमा मधु देवकोटा , संगीता लामा सहित ५१ सदस्य रहेका छन ।

 

भेलामा जिल्ला कमिटि सदस्य भैरव सापकोटा , नगर कमिटि उप सचिव सरस्वती जोशी , नगर कमिटि सचिवालय सदस्य पुकार तिमलसिना , वडा कमिटिका सचिव प्रकाश ढकाल , कार्यालय सचिव रामकुमार अधिकारी लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोल कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545