Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले साङ्गलामा सुरज बढाथोकीको अध्यक्षतामा क्लव टोल कमिटि गठन


तारकेश्वर काठमाडौं । नेकपा एमाले वडा नं १ अन्र्तगतको क्लव टोल कमिटि गठन भएको छ । साबीक साङ्गला गा.बि.स वडा नं ९ अन्र्तगत रहेको क्लवमा सुरज बढाथोकीको अध्यक्षतामा टोल कमिटि गठन भएको हो ।

भेलाले टोल कमिटीको उपाध्यक्षमा सुनिल श्रेष्ठ , सचिवमा दिपेन्द्र अच्छामी , सह सचिवमा शुसीला भुजेल सहित ३१ सदस्य टोल कमिटि गठन गरेको हो ।

सो भेलामा वडा नं १ का अध्यक्ष बिदुर सापकोटा , जिल्ला कमिटि सदस्य भैरव सापकोटा , नगर कमिटिकी उप सचिव सरस्वती जोशी , नगर कमिटि सदस्य प्रलाद बुढाथोकी , दुर्गा मगर वडा कमिटि सचिव प्रकाश ढकाल , वडा सदस्य लक्ष्मी श्रेष्ठ , सम्झना मिजार लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले साङ्गला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545