Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर ११ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण


तारकेश्वर काठमाडौं । चिसोवाट वच्न तारकेश्वर वडा नं ११ मा ज्येष्ठ नागरिकहरुलाई न्यानो न्यानो कपडा वितरण गरिएको छ ।

वडाभित्रका ज्येष्ठ नागरिकलाई बिनियोजित शीर्षक अन्र्तगतको दुईलाख रुपैया बजेट बाट न्यानो कपडा वितरण गरिएका वडा सदस्य तथा समाजसेवी निता खड्काले बताउनुभयो ।

खड्काका अनुसार वडाभित्रका ११५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख भवानी डोटेल , बिषेश अतिथि प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल , कायम मुकायम वडा अध्यक्ष प्रज्वल बिक्रम थापा , वडा नं ११को शहरी स्वास्थ्य ईन्चाज सुमित्रा उपाध्याय रहेका थिए ।

कार्यक्रमको संचालन वडा सदस्य निता खड्काले गर्नुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #न्यानो कपडा बितरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545