Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वरमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम


तारकेश्वर । स्थानीय तहलाई लक्षित गरी तारकेश्वर नगरपालिकामा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

नेपालटारको कान्तिपुर एवी पार्टी प्यालेशको हलमा सुरु भएको कार्यक्रमको केन्द्रिय सदस्य नारायण सिलवालले उद्घाटनगरे । भेलामा २६८ जना  भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी रहेको थियो ।

११ वटै वडाबाट प्रतिनिधित्व गर्ने नगर सदस्यहरू, शाखा कमिटिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु सहभागी छन् ।

कार्यक्रममा एमाले जिल्ला कमिटिका अध्यक्ष दिपक निरौला , केन्द्रिय सदस्य नारायण शिल्वालले पछिल्लो राजनैतिक घटनाक्रम , अवको भूमिका , निर्वाचन लक्षीत  लगायत बिभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545