युवा संघ नेपाल तारकेश्वर नगरपालिका १ को रक्तदान कार्यक्रम

नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगरपालिका वडा नं १ ले राष्ट्रिय प्रजातन्त्र दिवश अवशर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम वडा कार्यालयको पछाडी पट्टिको प्राङ्गढमा राखिएको थियो । उक्त कार्यक्रममा स्थानिय युवा बुद्धिजिवीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ काठ्माडौ जिल्ला अध्यक्ष, तारकेश्वर नगर अध्यक्ष र वडा स्तरीय युवा संघ अध्यक्ष, वडा नं १ का वडा अध्यक्ष, काठमाडौँ जिल्ला कमिटि सदस्य भैरव सापकोटा लगायत स्थानिय जन प्रतिनिधिहरु समेत उपस्थित हुनुभएको थियो ।
नेपालमै अहिले सम्म १६९ पटक रक्तदान गरिसक्नुभएका प्रेम सागर कर्माचार्यको उपस्थितिले यो कार्यक्रलाई अझै रोचक बनाएको थियो । १६ बर्षको उमेरबाट रक्तदान गर्न शुरु गर्नुभएको उहाँ काठमाडौँ वागवजार बासी हुनुहुन्छ । उहाँले अन्तिम पटक गत माघ २९ गते पर्वतको कुष्मामा रक्त दान गर्नुभएको थियो ।
उहाँको विचारमा नेपालमा यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सम्वद्ध सरोकारवालाहरु जस्तै रेडक्रस सोसाइटी, स्थानिय सरकार, प्रदेश र केन्दि«य सरकारले जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ र रगत निशुल्क उपलब्ध गराउँने व्यवस्था सरकारले गर्नुपर्ने उहाँको राय छ ।
उहाँ नेपाल स्वयंशेवी रक्तदान समुहको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश सरकारले आकस्किमिक अवस्थामा परेका र विपन्न वर्गलाई निशुल्क रगत उपलब्ध गराउँने निणर्य गरिसकेको छ ।
समग्रमा आजको रक्तदान कार्यक्रम भव्य र सव्य ढङ्गले सम्पन्न भएको जानकारी वडा नं १ युवा संघ अध्यक्ष प्रकाश अधिकारीले गराउँनुभएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्