Techie IT
सोमबार, वैशाख ८,२०८२

टोखा वडा नं ९ का बासीहरुलाई कौसी खेती तालिम


टोखा नगरपालिका वडा न ९ ले वडा बासीहरुलाई कौसी खेती तालिम दिएको छ ।

तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएका टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठकले बताईन।

उनका अनुसार तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन र हाइब्रीड जातको समेत जानकारी गरार्इएको छ। भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइएको छ।

कौसि खेती तालिममा वडा अध्यक्ष जोग प्रसाद नेपालले तालिममा सहभागीहरुलाई राम्रो सग तालिममा सिक्न आग्रह गरे । तालिम वडा बासिहरुलाई समूह समुह बनाई तालिम दिईरहेको बताउनुहुँदै तालिमका लागी दस लाख बजेट बिनियोजन भएको वडा अध्यक्ष नेपालले जानकारी दिए। कार्यक्रममा अतिथि टोखा नगरपालिका कृषि शाखाकि प्रमुख सुमित्रा पाठक वडा जनप्रतिनिधि रामभक्त घिमिरे लगायतको उपस्थीती रहेको थियो । तालिममा ३० जना सहभागी रहेका छन।


क्याटेगोरी : स्थानीय
ट्याग : #कौसी खेती तालिम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545