Techie IT
सोमबार, वैशाख ८,२०८२

कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली


टोखा काठमाडौं । नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली बिजय भएका छन । उनी ११ मतअन्तरले बिजयी भएका हुन । यस्तै

उपसभापति श्री मन राज अधिकारी र ऋषिराम अर्याल, सचिव नरेन्द्र बाँनिया, द्वारिका कुईकेल, सहसचिव बिजेन्द्र श्रेष्ठ र सिता प्रजापति रहेका छन ।

सामुदायिक सेवा केन्द्र गोङ्गबु का महासचिव समेत रहेका बिमली सामाजीक कार्यमा समेत सक्रिय रहेका छन ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #ओम कृष्ण बिमली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545