काँग्रेस तारकेश्वर नगर सभापतिमा कृष्णहरि महर्जन

काठमाडौं । नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापालाई ११४ मतअन्तरले बिजय भएका हुन ।
जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त तथा श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् ।
त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना विजयी भएका छन् । नगर सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिनाले जित हासिल गरेका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएकी छिन् ।
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएका थिए ।
काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्