Techie IT
सोमबार, वैशाख ८,२०८२

लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भद्धारा स्वास्थ्य सामाग्री वितरण


काठमाडौं । मनमैजु माध्यमिक विद्यालयमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भको आयोजनामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । सामाजिक अभियान्ता तथा पत्रकार रामशरण न्यौपाने ९सुशान्त० को पहलकदमीमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ र धन कुमारी मेमोरियल ट्रस्ट, कामधेनु बिल्डर्स प्रा।लि।, नेपाल योगा होम प्रा।लि।ले संयुक्त रूपमा करिव ७००० पिस मास्क र १५ लिटर सेनिटाइजर वितरण गरीएको हो ।

लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भको टिमले विद्यालयका सहायक प्रिन्सिपल सन्दिप सापकोटालाई लायन्स क्लवका शुभ आरम्भका अध्यक्ष भाष्कर श्रेष्ठ, कलष्टर चिफ तारा भुषाल र जोन चेयरपर्सन धनु सिञ्जालीले संयुक्त रूपमा १५ लिटर सेनिटाइजर र मास्क हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरपछि विद्यालयका सहायक प्रधानाध्यापक सन्दिप सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको छ ।

स्वास्थ्य सामाग्री वितरणपछि छोटो कुरा गर्दै लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष भाष्कर श्रेष्ठले सामाजिक अभियान्ता सुशान्त न्यौपानेको फोन आउने वित्तिकै आफुले उक्त कार्यक्रमका लागि सकेको सहयोग गर्ने प्रतिवद्धता गरेअनुसार आज सामान ल्याइएको बताउनुभयो । आगामी दिनहरुमा पनि विद्यालयलाई आवश्यक परेको खण्डमा क्लव सहयोग गर्न तयार रहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले क्लवबाट मास्क र सेनिटाइजर सहयोग गर्ने साथीहरुलाई धन्यवाद प्रकट गर्नुभयो ।

त्यस्तै दिउँसो ११ बजे भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविना महर्जनलाई धन कुमारी मेमोरियल ट्रस्ट, कामधेनु बिल्डर्स प्रा।लि।, नेपाल योगा होम प्रा।लि।को प्रतिनिधि प्रकाश घिमिरे र श्री शर्माले संयुक्त रूपमा मास्क हस्तान्तरण गरेका थिए ।

मास्क हस्तान्तरण कार्यक्रमको सञ्चालन सन्दिप साकोटाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता तथा शिक्षक श्री शर्माले आगामी दिनमा पनि आवश्यक परेको बेला सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै उहाँले देशैभरी समस्या भएका ठाउँमा मास्क लिएर आफुहरु गइरहेको बताउनुभयो । अहिले ८० बक्स मात्र मास्क दिएको भएपनि आवश्यकअनुसार दिँदै जानेछौं ।

कार्यक्रममा बोल्दै धन कुमारी मेमोरियल ट्रस्टका प्रमुख प्रकाश घिमिरेले आवश्यक परेका तारकेश्वरका अन्य सामुदायिक विद्यालयहरुमा पनि मास्क वितरण गर्न सकिने बताउनुभयो । अहिले हामीलाई कुनै जानकारी आएको छैन, आयो भने हामी विद्यालयहरुमा वितरण गर्न तयार छौं ।

त्यस्तै सामाजिक अभियान्ता सुशान्त न्यौपानेले विगतदेखि नै मनमैजु माध्यमिक विद्यालयका लागि आफुले स्वास्थ्य शिविर सञ्चालन, झोला वितरण र अहिले मास्क–सेनिटाइजरको समस्या छ भन्ने वित्तिकै सहयोगी संस्थाहरुसँग पहलकदमी गरेर स्वास्थ्य सामाग्री वितरण गरेको बताउनुभयो । न्यौपानेले मनमैजु माध्यमिक विद्यालयले उक्त मास्क र सेनिटाइजर विद्यार्थीहरुका लागि मात्र दिएको हुँदा शिक्षक र अन्य कर्मचारीलाई प्रयोग नगरिदिनु हुन् अनुरोध गरेका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #शुभ आरम्भद्धारा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545