Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर कांग्रेस : नगर सभापतिमा थापालाई तिवारीको साथ


तारकेश्वर काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।

भोली हुने कांग्रेसको नगरअधिवेशन मार्फत तारकेश्वर नगर सभापतिमा आफ्नो आफ्नो पक्षमा सहमति जुटाउन नेताहरुको रसाकसी चलीरहेको छ ।

यसै सन्र्दभमा नगर सभापतिका प्रत्यासी मनोहरी तिवारीले बर्तमान सभापति श्रीराम थापालाई प्रस्ताव गरेका छन । श्रीराम थापालाई नगर सभापतिमा आफ्नो पुर्ण साथ र समर्थन रहेको भन्दै थापाको प्यानललाई मत दिई विजयी गराउन सम्पुर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन ।

एउटै समूहबाट दुई जनाको प्रतिष्पर्दा हुनु अस्वाभिक भन्दै आफूले सभापतिको उम्मेदवारी फीर्ता लिई श्रीराम थापालाई नगर सभापतिमा सहयोग गर्ने उनको भनाई छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545