टोखा नगरपालिकाको बजेट १ अर्ब ८९ करोड ९४ लाख , विकास र समृद्धिमा जोड

टोखा नगरपालिकाको आगामी आ.ब २०७८।०७९ को बजेट १ अर्ब ८९ करोड ९४ लाख ७६ हजार रहेको छ ।
उपप्रमुख ज्ञानमाया डंगोलद्धारा प्रस्तावित बजेट नगर सभामाले अनुमोदन गरेको हो ।
यस अघी यहि असार ९ गते भएको नगरपालिकाको नवौँ नगर सभाको पहिलो बैठकमा नगर प्रमुख अधिकारीले आ।ब।२०७८।०७९ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पनि नगर सभाले पारित गरेको छ ।
नगर प्रमुख अधिकारीले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सहकारी, खेलकूद, एक वडा एक पार्क निर्माण, वालमैत्री स्थानीय शासनको प्रवद्र्धन लगायत नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको थियो ।
टोखा नगरपालिकाले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको पनि नगर प्रमुख अधिकारीले बताउनुभएको थियो ।
नगर सभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगर प्रवक्ता बच्चु बस्यालले बताउनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्