Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर काँग्रेस : यी हुन नगर सभापतिका आकांक्षीहरु


काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनमा नेतृत्वको लागि नेताहरुको आ – आफ्नो कसरत जारी छ ।

कोरोना भाइरसको महामारीकै बीचमा महाधिवेशन गर्न तम्सिएको काँग्रेसभित्र गाँउ , नगर , जिल्ला हुँदै केन्द्रीय सभापतिमा आकांक्षी बीचको गुटगत कसरत बाक्लो छ ।

यसै बिच काँग्रेस तारकेश्वरलाई पनि महाधिवेशनको रनक लागेसंगै नेतृत्वको लागी दैडधुप जारी छ  । तारकेश्वर काँग्रेस स्रोतका अनुसार नगर सभापतिका लागि मुख्यतया ४ जनाको आकांक्षा रहेको छ । जसमा बर्तमान सभापति श्रीराम थापा , वडा अध्यक्ष मनोहरि तिवारी , कृष्णहरि महर्जन र हरि तिमिल्सिनाले नगर सभापतिको दावी गरेको काँग्रेस स्रोतको भनाई छ ।

बर्तमान सभापति श्रीराम थापा र वडा अध्यक्ष मनोहरी तिवारीले मेयरको लागी तयारी हुने बताइएको छ । बिभिन्न संचार माध्यामहरु मार्फत आफूहरु मेयरको तयारी गरीरहेको बताएका छन ।

यसै गरी क्षेत्रीय कोषाध्यक्ष कृष्णहरि मर्हजनले पनि नगर सभापतिमा दावी गरेको काँग्रेस स्रोतको भनाई छ । मनमैजु निवासी मर्हजनले बिभिन्न समाज सेवामा सक्रिय रहदै आएका छन ।

नगर सभापतिमा धर्मस्थलीका हरि तिमिल्सिनाको पनि जोडदार दावी रहेको काँग्रेस स्रोतको भनाई छ । तिमिल्सिना मानव अधिकार संगै समाज सेवामा सक्रिय छन भने तारकेश्वर नगरपालिका भित्रका कमीकमजोरीलाई निरन्तर रुपमा सचेत गराउँदै आएका छन ।

तरुणदल काठमाडौं जिल्ला प्रतिनिधिका साथै बिभिन्न समितिमा रहेर सक्रियताका साथ काम गरेका तिमिल्सिना युवाहरुको माझ पनि उतीकै लोकप्रिय छन ।

नगर सभापतिमा अन्य नेताहरुको दावी हुनसक्ने भएपनि केही नेताहरु पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ ।

काँग्रेसको नगर अधिवेसन आउँदो साउन १६ गते हुँदै छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545