तिनपिप्लेको कालिका माविमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालभरीनै रगत अभावको सृजना भए लगत्ततै तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित तिनपिप्लेको कालिका माविमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका छन् । १ जना महिला र ३१ जना पुरुषले रक्तदान गरेको कार्यक्रमका उपसंयोजक धु्रबराज खड्काले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको बैठकले प्रत्येक वडाहरुमा रक्तदान कार्यक्रम गर्ने नीतिअनुसार जेठ २५ गतेबाट वडा नं. ११ बाट सुरु भई आज वडा नं. ३ मा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका तफैबाट चर्चित हाँस्य कलाकार उत्तम अर्याल (कोदे) ले पनि रक्तदान गरेका छन् । कार्यक्रममा मनमैनु सांस्कृतिक समाजका व्यक्तिहरुको उल्लेख्य उपस्थित रहेको कुरा बुझिएको छ ।
रक्तदान कार्यक्रमको संयोजनमा जय इन्द्रायणी साकोस र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । हालसम्म तारकेश्वर नगरपालिकाको वडा नं. ११, १०, ८, ५, ३ र २ २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रमका उप–संयोजक ध्रुबराज खड्काले जानकारी दिनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तिनपिप्लेको कालिका मावि, #ध्रुबराज खड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्