Techie IT
आईतबार, वैशाख ७,२०८२

सामुदायीक सेवा केन्द्र तारकेश्वरद्धारा साङ्ला आइसोलेशनलाई सहयोग


काठमाडौं । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनलाई सामुदायीक सेवा केन्द्र तारकेश्वरले नगद रु ५८,००० रुपैया सहयोग गरेको छ ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर प्रवेश गरे संगै तारकेश्वरमापनि यसको प्रकोप बढ्रदै गएको हुँदा सामुदायीक सेवा केन्द्र तारकेश्वरका १५ जना पदाधिकारीहरुबाट रकम संकलन गरि सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष रामेश्वर देवकोटाले बताए ।

सोमबार सामुदायीक सेवा केन्द्र तारकेश्वरका सल्लाहकार एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरालाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष देवकोटाको भनाई छ ।

नगर प्रमुख रामेश्वर बोहोराले प्राप्त रकमले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनका कोरोना बिरामीका उपचारको लागी ठूलो सहयोग हुने र अन्य दाताहरुलाई पनि सहयोगका लागी आवहान गरेका छन ।

कोरोना बिरुद्धको लडाइमा सम्पूर्ण संघ संस्था , राजनैतीक दल तथा नागरिकहरुलाई एकजुट हुन समेत आग्रह गरेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #सामुदायीक सेवा केन्द्र तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545