टोखा नगरपालिकामा हाल सम्म ६७९३ जना कोरोना संक्रमित

टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार संक्रमितको संख्या निरन्तर घट्दै गइरहेको छ , पछिल्लो २४ घन्टामा थप ५२ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ६५९ मा झरेको छ।
टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३०६९ जना र पुरूष संख्या ३७२४ जना गरि ६७९३जना संक्रमित रहेकोमा निको भएको संख्या ६११२ जना पुगेको छ।
टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ जना संक्रमित रहेको छ भने १ जनाको मृत्यु भैसकेको छ । आज मात्रै ५२ जना निको भएको र थप ३४ जना डिस्चार्ज भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २७२ र पुरूष संख्या ३०४ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ११ र पुरूष संख्या १९ जना र अन्य महिला २० र पुरुष ३३ गरि जम्मा ६५९ जना सक्रिय संक्रमित रहेको छ।
संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १८८४ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५२६ जना पुगेको र आज १०६ जना Antigen test ) एन्टिजेन परिक्षण गर्दा ५५ जना पोजिटिभ देखिएको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्