संखुवासभा पत्रकार महासंघलाई युडब्लुयसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

खाँदबारी : नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभालाई युनाइटेड वर्ल्ड स्कुल्स नेपालद्धारा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेपालले सोमबार महासंघको कार्यालयमा एक कार्यक्रम बिच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो । नेपालले एन नाएन्टी फाइभ मास्क ९० थान, सर्जिकल मास्र्क ५०० थान, फेस शिल्ड ५० थान, सेनिटाइजर एक सय मिलिलिटरका दरले ४० थान र एक थान थर्मल गन महासंघलाई हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष इन्द्र गिरीले उक्त सामाग्री ग्रहण गर्दै यो विषम परिस्थितिमा पत्रकारहरुको मनोबल बढाउन र स्वास्थ्य सुरक्षा सावधानीका लागि नेपालले गरेको सहयोगको प्रसंसा गर्दै धन्यवाद दिएका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिबाट उपलब्ध भएका र नेपालद्धारा प्राप्त भएका सामाग्री आजै जिल्लाका विभिन्न सञ्चार केन्द्र र पत्रकारहरुलाई वितरण गरिएको अध्यक्ष गिरिले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##कोभिड१९, #नेपाल पत्रकार महासंघ संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्