Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाल स्काउट तारकेश्वर नगर तदर्थ समितिमा दुर्गा थापा कुँवर


काठमाडौ । नेपाल स्काउट तारकेश्वर नगर तदर्थ समितिमा दुर्गा थापा कुँवर मनोनित हुनुभएको छ । स्काउट ऐन २०५० तथा नियमावली २०७७ बमोजीम कुँवरलाई नियुक्त गरिएको हो ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालीकाको तर्दर्थ समितिको सदस्यमा मनोनित गरिएको हो ।

२०५९ सालबाट निरन्तर स्काउट टिचर रहेकी कुँवर हाल पनि साङ्गला बालकुमारी उच्च मावीमा स्काउट टिचरका रुपमा कार्यरत छिन ।

गत भदैमा सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो र सोही अनुरुप हाल प्रदेश र स्थानिय तहमा तदर्थ समिति गठन भैरहेको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नेपाल स्काउट तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545