Techie IT
आईतबार, वैशाख ७,२०८२

लोकतान्त्रिक चोकमा  गुर्जोको धुलो र जडिबुटी वितरण


काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा  गुर्जोको धुलो र जडिबुटी मिश्रण गरिएको चियापत्ति वितरण गरिएको छ ।

विषम परिस्थितिमा रोग प्रतिरोधात्मक क्षमता बढाउन विशेषगरी कोभिड पोजेटिभ भएका बिरामीहरुको लागि अति उपयुक्त हुने हुँदा  करिव ५०० भन्दा बढि परिवारलाई गुर्जोको धुलो र जडिबुटी मिश्रण चियापत्ती वितरण गरिएको थियो ।

गुर्जो अभियान्ता कमल बहादुर राजलवटले उपलब्ध गराएको गुर्जोको धुलो वितरणमा तारकेश्वर १० का अध्यक्ष अमृत थापाले स्थानीय नागरिकहरुलाई बाँडेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

गुर्जो वितरणको व्यवस्थापन विष्णुमती सरसफाई अभियानका अभियान्ता शोभाकान्त पाण्डेले गर्नुभएको थियो ।

कोभिड, ज्वरो, निमोनिया, रुघाखोकी भएको र इम्युनिटि पावर बढाउनका लागि एक लिटर पानीमा एक चिया चम्चा मसला वा धुलो हालेर खान सकिन्छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #गुर्जोको धुलो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545