Techie IT
आईतबार, वैशाख ७,२०८२

साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन जेठ ३ गतेबाट सञ्चालनमा आउने , अक्सीजन सिलिण्डर सहयोग गर्न आग्रह


काठमाडौं । तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालनमा आउने भएको छ ।

नगर प्रमुख रामेश्वर बोहोराले एक विज्ञप्ति निकाल्दै कोरोना महामारीमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । नगर प्रमुखद्वारा निकालिएको विज्ञप्तिमा तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालन गर्नका लागि अक्सीजन सिलिण्डर सहयोग गर्न नगरबासी, संघ–संस्था र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

महामारीमा नगरभित्रका व्यवसायी, उद्योगी, नीजि शैक्षिक संस्था, नेपाल सरकारका माथिल्लो तहका कर्मचारीहरु र समाजसेवीहरुले सङ्कटको बेलामा नगरपालिकालाई सहयोग गर्न अपिल समेत गरेका छन ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #रामेश्वर बोहोरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545