Techie IT
आईतबार, वैशाख ७,२०८२

काभ्रेपलाञ्चोकमा एक हप्ता निषेधाज्ञा थप


काभ्रेपलाञ्चोक। कोभिड १९ सङ्क्रमण बढिरहेको र उच्च् जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० ले दिएको अधिकार अनुसार आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको बताए ।

यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जारी गरिएको थियो ।

यसैबीच बनेपा नगरपालिकाले नगर कार्यालयसहित सबै वडा कार्यालयबाट हुने सबैखाले सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##काभ्रेपलाञ्चोक, #breaking, #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545