बूढानीलकण्ठको खाद्यान्न तथा तरकारी पसलमा दैनिक दुई पटक डिसइन्फेक्सन शुरु

बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी पसल निस्सङ्क्रमण अभियान शुरु गरेको छ । निषेधाज्ञाको समय ख्याल गर्दै बिहानबेलुकी वडाका खाद्यान्न तथा तरकारी पसल दिनमा दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो ।
एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म निस्सङ्क्रमित बनाउन सकिन्छ । बुनपा –१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।
अभियानको उद्देश्य जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा –१० का वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
सो अभियानका लागि स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ । सो कार्यमा नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न सङ्घसंस्थाका स्वयंसेवक संलग्न छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बूढानीलकण्ठ खाद्यान्न तथा तरकारी पसल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्