Techie IT
आईतबार, वैशाख ७,२०८२

मध्यपुर थिमिमा अति विपन्न परिवारका लागि आवास निर्माण शुरु


भक्तपुर।भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ।वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो ।

निर्माण हुने घरमध्ये दुई घरको शिलान्यास भएको छ भने बाँकी दुईको प्रक्रिया शुरु भएको उपभोक्ता समितिका अध्यक्ष नवीनप्रकाश श्रेष्ठले बताए।प्रदेशसभा सदस्य डा .श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त रु २० लाखमा उपभोक्ता समितिबाट अपुग रकम एवं भौतिक सामाग्रीहरु थप गरी मध्यपुर थिमिभित्र चार अति विपन्न परिवारमध्ये दुई परिवारको एक तले पक्की घर निर्माण शुरु गरिएको हो ।

अध्यक्ष श्रेष्ठले भने,“योजनाको अनुमानित कुल लागत रु ३२ लाख ३५ हजार ५७५ रहेको छ । त्यसमा प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने र नपुग रकम सहभागिताअन्तर्गत उपभोक्ता स्वयंले बेहोर्ने छ” ।

मध्यपुर थिमि–७ ले पशु वधशालालाईसमेत व्यवस्थित बनाइएको बताएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##मध्यपुर थिमि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545