तारकेश्वर २ कालीदेवी माविको ‘आधारभूत तह ब्लक ’ भवन शिलान्यास

सीता पौडेल ( अर्चना )
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर २ थुम्कीमा रहेको श्री कालिदेवी माध्यामिक विद्यालय (मावि) को ‘आधारभूत तह ब्लक ’ भवनको शिलान्यास गरिएको छ । नमुना उन्मुख यस विद्यालयको गुरुयोजना अनुसारको उक्त भवनको शनिबार तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले शिलान्यास गरेका हुन् ।
संघिय सरकारको नमुना उन्मुख विद्यालय निर्माण गर्ने र प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप नै संघीय सरकारको अढाइ करोड बजेटमा १८ कोठे आधुनिक भवन निर्माण हुन लागेको कालिदेवी उच्च मावि पूर्वाधार विकास तथा भौतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धव अधिकारीले बताए ।
आधारभूत तहदेखि माध्यामिक तह वा कक्षा १२ सम्म हाल करिब ७०० विद्यार्थीहरु अध्ययनरत रहेको यस विद्यालयमा नयाँ भवनको निर्माण तथा पूर्वाधार विकासको फड्को सँगै , प्राविधिक धार , गुणस्तरीय र व्यवहारिक शिक्षामामा जोड दिई विद्यार्थी संख्यालाई बढाएर १००० जना पु¥याउने अध्यक्ष अधिकारीको भनाई छ ।
हाल प्राविधिक धार अन्तर्गत यस माविमा कक्षा ९देखी १२ सम्म कृषि विषयलाई प्राथमिकतामा राखेर अध्यापन भइरहेको विधालय व्यवस्थापन समितिले जनाएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ## ‘आधारभूत तह ब्लक ’, ##भवन शिलान्यास, #तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्