टोखामा योग– स्वास्थ्य र जीवन शैली सम्बन्धी १४ दिने तालिमको शुरुवात

सीता पौडेल (अर्चना)
काठमाडौं।काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १०ले योग– स्वास्थ्य र जीवन शैली सम्बन्धी १४ दिने तालिमको शुरुवात गरेको छ ।वडाले बुधबार सामखुशीमा अवस्थित ‘अष्टबक्र योग साधना एण्ड रिसर्च सेन्टर’ सँगको सहकार्यमा दुई हप्ते सो तालिमको औपचारिक शुरुवात गरेको हो ।
दिनको ३ घाण्टाका दरले प्रयोगात्क र सैदान्तिक गरि १४ दिनसम्म दूई चरणमा सञ्चालन गरिने सो तालिममा कोरोनाको संक्रमणको जोखिमलाई मध्येनजर गदै स्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना गरिने योग केन्द्रका अध्यक्ष युक्त गिरीले बताए । उनका अनुसार सो तालिममा प्रशिक्षण विभागका योग गुरुहरु उषास्नेहा गिरी ,सुवर्णलाल चित्रकार ,युक्त गिरी ,डा. आनन्द गैरे लगायतका योग गुरुहरुद्धारा प्रशिक्षण दिइने छ ।
सो तालिमको शुभारभ कार्यक्रमलाई सम्बोधन गदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले मानिस शारीरिक तथा मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त रहनको लागि योग तथा साधनाले महत्वपूर्णं भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै कार्यक्रममा सोही वडाका वडाअध्यक्ष मधुसुदन पाण्डेले योग र साधनाले मानिसमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुँदा अहिलेको अवस्थामा योग र स्वस्थ जीवन शैलीको आवश्यक्ता औल्याए ।
यसैगरि कार्यक्रममा योग गुरु सुवर्णलाल चित्रकारले स्वस्थ जीवनको लागि योग र साधनाको निकै ठुलो महत्व रहेको हुँदा यसलाई सहि गुरुको साथमा सहि प्रशिक्षण लिएर मात्र आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##‘अष्टबक्र योग साधना एण्ड रिसर्च सेन्टर’, ##१४ दिने तालिम, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्