नागार्जुन नगरपालिकाद्दारा आफ्नै एम्बुलेन्स र शब बहान सञ्चालनमा

काठमाडौं । नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद गरि सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाभित्र बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको नगर प्रमुख मोहन बस्नेतले साझापानालाई बताए ।
नगर प्रमुख बस्नेतका अनुसार संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन गरेको हो ।
दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको हो ।
शबबहान र एम्बुलेन्स सेवा लिनका लागि नगरपालिकाको स्वास्थ्य शाखा, एम्बुलेन्स वा शब बहान चालक, वडाध्यक्ष लगायतसँग सम्पर्क गरी सेवा लिन सकिनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्