Techie IT
शनिबार, वैशाख ६,२०८२

नयाँ वर्षमा घुमघामको उत्कृष्ट गन्तव्य झोरको एभरग्रीन रिसोर्ट : सञ्चालक अधिकारी


सीता पौडेल

काठमाडौं । काठमाडौ जिल्लाको टोखा नगरपालिका १ झोरमा अवस्थित एभरग्रीन रिर्साेटका सञ्चालक राजाराम अधिकारीले नयाँवर्षमा घुमघाम र रमाइलोको खोजीमा हुनेहरुका लागि ‘एभरग्रीन रिसोट’ उत्कृष्ठ गन्तव्य स्थल भएको ठोकुवा गरेका छन् ।

उनले काठमाडौंको सामाखुशी चोकबाट करिब १० किलोमिटरको दूरीमा रहेको उक्त रिर्साेट काठमाडौं शहरको कोलाहल ,धुवाँ ,धुलो र भीडभाडबाट पर र निकै शान्त सफा, स्वच्छ तथा सुन्दर वातावरणमा बसेर रमाउन सकिने रिर्साेट भएको साझापानालाई बताएका छन् ।

उनका अनुसार यो रिर्साेटमा सुन्दर प्राकृतिक तथा पारिवारिक वातावरणमा सबै उमेर समुहका लागि उपयुक्त र सस्तो मूल्यमा खाने,बस्ने र प्याकेजका सुविधाका साथमा गुणरुतरिय सेवा प्रदान गरिन्छ ।

उनले भने , ‘काठमाडौंको उत्तरपश्चििम भेगमा अवस्थित शवपुरीको छत्रछाँयाँमा रहेको यस ‘एभरग्रीन रिर्साेट’मा बौडेश्रर झरनाको कलकल आवाज, चराचुरुङ्गीको चिरविरचिरविर आवाज, सुन्दर हरियाली बनजंगललागायतको मनमोहक वातावरणले यहाँ पाल्नुहुने जो कोहीलाई लोभ्याउँदछ । यहाँ प्रदान गरिने गुणस्तरिय तथा छिटो र छरितो सेवाबाट पाहुनाहरुलाई सन्तुष्टि मिलेको प्रतिक्रिया समेत हामीले प्राप्त गरेका छौं ।  तसर्थ तपाईँहरु पनि नयाँ वर्षमा घुमघाम र रमाइलोको गन्त्वय स्थालको खोजीमा हुनुहुन्छ भने हामीलाई एक पटक सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौं ।’

आफ्नै ठाउँमा बसेर केही गर्ने रहरले रिर्साेट खोल्ने सोचलाई प्ररित गरेको अर्का सञ्चालक रामशंकर अधिकारीको भनाई छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : ##झोरको एभरग्रीन रिसोर्ट, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545