काकाकुल तारकेश्वरबासी : गर्भमा रहेको जलाधार नगरप्रशासन र भूमाफियाको सिकार

तारकेश्वर काठमाडौं । काठमाण्डौको उतरीभेग शिवपुरी राष्ट्रिय निकुन्जको फेदमा रहेको रमणिय प्राकृतिक सम्पदाको धनी एवं विगतमा काठमाडौंवासीको पानीको प्यास मेटाउने उदगम स्थल तार्केश्वर ६ पैयाँटारमा अहिले पानीको हाहाँकार भएको छ ।
तारकेश्वर नगरप्रशासन , प्रहरी सहितको मिलेमतोमा नगरभित्रका हरिया डाँडाकाडाहरुमा अव्यबस्थित भुखण्डिकरण एवं जग्गा पल्टीङ्गका कारण दिनप्रतिदिन पानीका मुहान सुक्न थालेको छ ।
कतिपय स्थानमा त सामुदायीक जंगल र भिरपाखा लागेका किरासरिका डोजरबाट जमिनमुनी रहेको पानीको श्रोतको सर्वनाश भएको स्थानियको आरोप छ ।
भुमाफियाका डोजरआतंकबाट भिरपाखा र जंगल फडानीसँगै गर्भमा रहेको पानी बगेर गईरहेको हुँदा स्थानियले उपभोग गर्ने कुवाहरु सबै सुकेका छन ।
बिगत १५–२० वर्षदेखी पानिको भरपर्दो श्रोत बनेको पैंयाटारको गहिरो इनार पनि अब सुक्ने क्रममा रहेको छ ।
शिवपुरी राष्ट्रिय निकुन्जबाट तल हेर्दा मरुभुमी समान बनेका जमिन जोत्ने जोताउने र मुकदर्शक बन्ने स्थानिय प्रशासनका दिन प्रतिदिन तारकेश्वरबासीले खानेपानीको समस्या झेल्न बाध्य भएका छन ।
अव्यवस्थित शहरीकरण तथा खानेपानी संस्थानको अधिनमा रहेको पञ्चायतकालिन खानेपानी लाइन तत्कालिन समय र जनघनत्व अनुसार थेग्न नसक्ने अवस्थामा छ । धारामा पानी नआउने तर पानीको बिल र जरिवाना तिर्नु पर्ने वाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले सुबिधा दिन नसक्ने चिजमा जरिवाना बिल्कुल अनुपयुक्त रहेको स्थानिय समाजसेवी बिष्णु कार्की बताउछन ।
कार्कीले जनता रितो गाग्री लिएर तार्केस्वर नगरपालिका कार्यालय तथा खानेपानी कार्यालय घेर्न वाध्य नवनाउन मेयर रामेश्वर बोहोरालाई आग्रह समेत गरेका छन ।
स्थानिय प्रशासन तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई समयमानै जनताप्रती उतरदायी हुन जरुरी देखिन्छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #काकाकुल तारकेश्वरबासी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्