टोखाको वडा नम्बर १० मा ‘एक घर एक कौसीं खेती ’ तालिम शुरु

सीता पौडेल
काठमाडौं । टोखा नगरपालिकाको वडा नम्बर १० मा एक घर एक कोसीखेती तालिमको शुरुवात भएको छ । मंगलबार गौंगबुमा रहेको सोही वडाकार्यालयको सभाहलमा सो तालिमको शुरुवात भएको हो ।
आफ्नै घरको कौशीमा विषादिरहित ताजा तरकारी फलाई स्वस्थ नगरबासी बनाउने उद्देश्यले ५ लाख रकम बराबरको लागत छुट्टाएर कौसीखेती तालिम तथा सामाग्री वितरण कार्यक्रमको आयोजना गरिएको १० नम्बर वडाका वडा सदस्य जगतलाल शाहीले बताए । उनका उनुसार पहिलो चरणको यस तालिममा १२० जना स्थानियलाई लक्षित गरि आजदेखि ४ दिन सम्म दिनको ५ घण्टाका दरले तालिम सञ्चालन गरिएको छ ।
एक दिनमा ३० जनाको समुहलाई तालिम दिने र तालिममा सहभागिलाई कौंसी खेतीका लागि आवश्यक पर्ने गमला , मल , प्लाष्टिक ब्याग, लगायतका ७ थरि सामाग्री र लौका , बोडी , सीमी , कांक्रो , फर्सी , साग , काउली जस्ता ८ थरि विउविजन र किटनासक औषधी समेत वितरण गरिने सदस्य शाहीको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##‘एक घर एक कौसीं खेती ’ तालिम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्