Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वरमा अस्तब्यस्त प्लटीङ्गका कारण खानेपानिका मूल सुक्न थाले , खानेपानीको हाँहाकार हुँदै


 

तारकेश्वर काठमाडौं । विगतका बर्षहरुमा भन्दा यस बर्ष तारकेश्वरका बिभिन्न स्थानहरुमा खानेपानीको समस्याले सर्वसाधारणको जनजीवननै कष्टकर बन्न थालेको छ ।

सुख्खा समयमा पनि खानेपालीको मुहान माथी प्लानीङ्गको दादागीरी , निरिह तारकेश्वर प्रशाशन , लगातारको खडेरीका कारण खानेपानीको समस्या चुलिएको हो ।

पानिको धारामा हावाँ मात्र आउन थालेपछि ट्यांकरबाट पानी किन्न तारकेश्वरबासी बाध्य छन ।

काठमाडौंमा मेलम्ची आए सँगै खुसियालीले दंग भएका जनताहरूका मुहारहरूमा फेरि एकपल्ट हिस्सा बुढी खिस्स दाँत झै भएको  स्थानिय बताउछन ।

बालाजु देखि उत्तरी भेगमा एकाएक पानीको हाहाकार भएको छ । झोर भण्डारे मुहानबाट साङ्गला हुदै चिम्बरपोखरीबाट फुटुङ्ग हुदै बालाजुसम्म अव्यवस्थित तवरले दिएका पानीको होल तथा चौबिसै घण्टा खोलिने पटके होल लगायत मुहानको सरसफाई तथा मर्मत सवार नभएर यस्तो समस्या खेप्नु परेको स्थानिय बताउछन ।

जुद्ध शमशेरको पाला देखि खाईपाई आएको मुहानको पानी यो भन्दा अगाडि कहिले पनि सुक्ने थिएनन् र हाल आएर एकाएक पानी सुकेको मनमैजुका अमृत अधिकारी बताउछन ।

सिमसार शिवपुरीको फेदी , सिम खेत , कुवाँ , खोला किनारा अनाधिकृत जग्गामा मापदण्ड बिपरीत प्लटीङ्गका कारण दिनप्रतिदिन पानिको मुहान सुक्दा पनि तारकेश्वर नगरपालिका लगायतका निकायहरु बेखबर छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #प्लटीङ्गका कारण खानेपानिका मूल सुक्न थाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545