Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपा तारकेश्वरको अध्यक्षमा कृष्णवावु थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तारकेश्वर नगर कमिटिको अधिवेशन सम्पन्न भएको छ । नेपालटारको कान्तिपुर पार्टी प्यालेसमा भएको अधिवेशनले कृष्णवावु थापाको अध्यक्षसहित ३१ सदस्यीय नगर कमिटि चयन गरेको छ ।

कार्यक्रममा  केन्द्रीय सदस्य राजकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रेमनाथ दुलाल लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।

राप्रपाको तारकेश्वरमा ११ ओटै वडामा संगठन विस्तार सम्पन्न भइसकेको छ । प्रत्येक वडामा २१–२१ जना सदस्यीय कमिटि गठन भएको कुरा थापाले बताउनुभएको छ । राप्रपाले आफ्नो मुल नारा “हिन्दु राष्ट्र र राजतन्त्र” को पक्षमा तारकेश्वरमा अभियान सञ्चालन गर्नुका साथै भ्रष्टाचार र वेथितिको अन्त्यका लागि आवाज उठाउने बताइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #राप्रपा तारकेश्वर नगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545