Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपा नागार्जुन नगर अध्यक्षमा खनाल सर्व सम्मतिले निर्वाचित


सीता पौडेल 

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नागार्जुन नगर कार्यसमितिको अध्यक्षमा ध्रुव प्रसाद खनाल सर्वसम्मतिले निर्वाचित भएका छन् ।बुधवार नागार्जुनमा सम्पन्न नगर अधिवेशनले खनाललाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले सर्वसम्मतबाटै ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको  छ ।

 

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री बिक्रम बहादुर थापाले अबको काग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकोले ढुक्क भएर पार्टी संगठनमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

त्यस्तै पार्टीका कार्य सम्पादन समितिका सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले आगामी निर्वाचनमा नागार्जुनमा पार्टीको जित हाँसिल गर्ने गरि संगठन निर्माणमा

लाग्नकार्यक्रर्तालाई निर्देशन दिए ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : ##राप्रपा नागार्जुन नगर अध्यक्षमा खनाल, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545