Techie IT
शनिबार, वैशाख ६,२०८२

तिनपिप्लेमा फोहोरका गाडी रोकेर बिरोध , ठेकेदार अधिकारीलाई कारबाहीको माग


काठमाडौं । ककनी गाउँपालिकाका स्थानियबासीले पासाङ ल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै काठमाडौँको तिनपिप्लेमा बिरोध प्रदैशन गरेका छन ।काठमाडौंबाट जाने फोहोरका गाडी रोकेर बिरोध गरेका छन ।

बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै बिरोध गरिएको बताइएको छ ।

आइतबार बिहान ८ बजे तिनपिप्लेबाट फोहोराका सवारी नुवाकोट प्रवेश गर्न दिएका छैनन ।

ठेकेदार शारदाप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेको र प्रचण्डको संरक्षणमा ठेकेदारले बाटो भत्काएर नबनाइ बसेको स्थानीयको आरोप छ ।

विवादीत ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले मुड्खु तीनपीप्ले खण्डमा कालोपत्रे शुरु गरेको केहि दिन नबित्दै पुन रोकीएको छ । महत्वपूर्ण आयोजनाहरूको ठेक्का हत्याउने तर काम नगर्ने ठेकेदार अधिकारीलाई निरन्तरको लागि पटक पटक ताकेता गरिएको स्थानीय बताउँछन ।

अधिकारीले ठेक्का लिएर झण्डै एक दशकदेखि अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु रानीपौवा खण्डको कालोपत्रेको काम पुन अलपत्र परेकोमा स्थानीयले आक्रोश पोखेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545