Techie IT
शुक्रबार, वैशाख ५,२०८२

काठमाडौं महानगरपलिकाले तोक्यो १४ वटा अस्पतालमा खोप केन्द्र ( हेर्नहोस् सूचिसहित )


काठमाडौं । काठमाडौं महानगरपलिकाले महानगरपालिका ३२ वटा वडाकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपका लागि महानगरभित्रका १४ वटा अस्पतालहरुमा खोप केन्द्र तोकेको छ ।

सरकारको दोस्रो चरणको खोप अभियान कार्यक्रम अन्तगर्त महानगरले यो खोप अभियानको शुरुवाति चरणमा ३ वटा वर्गलाई लक्षित समुहमा राखेको हो । जसअन्तर्गत ५५ वर्षभन्दा माथिका उमेरसमुहका बृद्धबृदाहरु ,महाविद्यालयका प्राध्यापकहरु ,शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरु रहेको महानगरलको शहरी स्वास्थ्य तथा खाद्य विभागले जनाएको छ ।

सो खोप कार्यक्रम यहि फाल्गुन २३ गतेदेखि २८ गतेसम्म तोकिएका सोहि अस्पतालहरुमा सञ्चालन हुने वडा नम्बर १६ र २६को खोप अधियानमा व्यवस्थापकको जिम्मेवारी पाएका ध्रुव श्रेष्ठले साझापानालाई जानकारी दिए । खोप लगाउने लक्षित समुहले आफ्नो परिचय खुल्ले कागजातसँगै विहान १० बजेदेखी बलुका ४ बजेभित्र सम्बन्धिित अस्पतालहरुमा जानु पर्ने व्यवस्थापक श्रेष्ठले बताएका छन् । उनका अनुसार खोप समयअवधि र लक्षित वर्ग थप्दै जाने सरकारको योजना समेत रहेको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##कोभिड–१९विरुद्धको खोप केन्द्र, #काठमाडौं महानगरपलिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545