नागार्जुनमा खोप समन्वय समिति गठन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कोभिड १९ विरूद्धको खोप अभियान अन्तर्गत नगरपालिका स्तरीय खोप समन्वय समिति गठन गरेको छ ।
मंगलबार नगरकार्यापलिकाको कार्यालय हरिसिद्धि सितापाइलाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । नवगठित समितिको ढाँचामा नगरका नगर प्रमुख मोहन बहादुर बस्नेत समितिको प्रमुख , नगर उप–प्रमुख शुसिला अधिकारी सदस्य , सबै वडाका वडा अध्यक्षहरु सदस्य , प्रमुख प्रशासकीय अधिकृत सदस्य , स्वास्थ्य साखाका प्रतिनिधि सदस्य र नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सदस्य– सचिव रहनेगरि उक्त खोप समन्वय समिति गठन गरिएको नगर उप–प्रमुख शुसिला अधिकारीले बताइन । साथै समितिलाई आवश्यकतानुसार विस्तार गरिदै जाने उनको भनाइ छ ।
समितिले तत्कालको अवस्थामा ५५ वर्षभन्दा माथिका बृद्धबृद्धा र यातायातको क्षेत्रका चालक तथा सहचालकहरुलाई लक्षित वर्गमा राखेर कार्य गर्ने योजना बनाएको र विस्तारै सबै तहमा यो सेवा पु¥याउने योजना अनुसार समितिले काम गर्नेउप –प्रमुख अभिकारीले बताइन ।
तत्कालको अवस्थामा नगरपलिकाको सितापाइला स्वास्थय चौकी र रामकोटको स्वास्थय केन्द्र गरि २ ठाउँमा शिविर सञ्चालन गरि काम अगाडि बढाइने समितिले बताएको छ । साथै खोप भण्डारणको व्यवस्था गरि नगरका अन्य ठाउँहरुमा शिविर राखेर कसरी छिटो छरितो सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरामा समितिले छलफल अगाडी बढाउने उनको भनाइ छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नगरपालिका स्तरीय खोप समन्वय समिति गठन, #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्