Techie IT
शुक्रबार, चैत्र २८,२०८१

शहरी विकास तथा भवन निर्माण विभाग र नागार्जुन नगरपालिका बीच सम्झौंता


काठमाडौं । नेपाल सरकार ,शहरी विकास मन्त्रालय तथा भवन निर्माण विभाग (प्रथम पक्ष ) र नागार्जुन नगरपालिका ( दोस्रो पक्ष) बीच सम्झौता भएको छ ।

भवन तथा जग्गाको विवरण , उपयोग अवधि , प्रयोजनका लागि ६ बुँदे शर्त सहित यहि फाल्गुन  ९ गते प्रथम पक्षको कार्यालयमा बसि दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर  पश्चात दुबै पक्षले सो पत्रको एक एक प्रति लिने दिने गरेका थिए ।

नगरपालिकाको वडा नम्बर १ मा शहरी गरिबहरुको संयुक्त आवास प्रयोजनार्थ निर्माण भएका भवन तथा जग्गाको स्वामित्व नेपाल सरकारमा रहने र भवन निर्माण र प्रयोजनको उद्देश्य अनुसार सो आवासहरु नगरपालिकाले प्रयोजन गर्न पाउने सो सम्झौंता पत्रमा उल्लेख छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : ##सम्झौंता#आवास प्रयोजना, #नागार्जुन नगरपालिकाको बजेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545