Techie IT
बुधबार, माघ २,२०८१

कपालमा चाया किन आउँछ ? के हो समाधान?


चाया ले नसताइएका मानिस धेरै कम होलान् । अझ जाडो महिनामा झन धेरै चाया पर्ने गर्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका सेम्फू र घरेलु उपचार गरिरहेकै हुन्छ । तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ ।

प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।  यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाले सताउँछ ।

कपालभरि सेता पाप्रा देखिनु, टाउको चिलाउनु, टाउको कन्याउँदा लुगाभरि सेतो फुस्रो पाप्रा  झर्नु आदि यसका लक्षण हुन्। कपालभरि चाया हुँदा मान्छे फोहोरीसमेत देखिन्छ ।

 

कपालबाट चाया हटाउने उपाय के हो?

टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सफाई ध्यान दिनु पर्दछ । साथै सन्तुलित भोजन र फलफुलको सेवन गर्नु पर्दछ । यसले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गर्दा कपालको चायाको समास्या कम हुँदै जान्छ ।


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #कपालमा चाया किन आउँछ ? के हो समाधान?


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
10°
Partly Cloudy
6:54 am5:31 pm +0545