शरिरमा भिटामिन ‘डी’ को कमी भएमा के हुन्छ?

भिटामिन ‘डि’ शरीरको विकासका लागि आवश्यक पर्ने भिटामिन हो । भिटामिन डि हड्डी मांसपेशीको विकासको लागि निकै फाइदाजनक छ । त्यसका अलावा भिटामिन डि ले सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ‘डि’ ले शरीरको मांसपेशी मुटु, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।
भिटामिन डीको कमी भए डिप्रेशन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्छ। भिटामिन ुडीुको अर्को नाम सनसाईन भिटामिन हो। जब सुर्यको किरण हाम्रो छालामा पर्छ, त्यसपछि कोलेस्ट्रोरलाई कन्भर्ट गर्दै कलेजोमा भिटामिन डी बन्छ।
भिटामिन ‘डिु कमिको लक्षणहरु के के हुन् ?
यसको कमि भएमा हड्डी र मांसपेशीहरुमा समस्या देखिन्छ। त्यो लगायत सुताईमा समस्या आउन सक्छ, थकाई महसुस हुने, मुड अफ भईरहे जस्तो, शरीरमा शक्ति नभए जस्तो, ढाड दुख्ने समस्या, शरीरमा बेलामा संक्रमण हुने, खान मन नलाग्ने, जिउ घट्दै जाने, कम्जोर हुने, शरीर कटकट खाईरहे जस्तो लाग्ने समस्या लिएर बिरामीहरु आईपुग्छन्।
भिटामिन ‘डि’ कसरी प्राप्त गर्ने ?
भिटामिन डि को उपचार विशेषगरी दुई किसिमले गर्न सकिन्छ । भिटामिन डि युक्त खानेकुरा खाएर र बिहानको घाममा कम्तीमा आधादेखि एक घण्टा ताप्दा भिटामिन डिको पूर्ति गर्न सकिन्छ । भिटामिन डि धेरै कम छ भने चिकित्सकको सल्लाह बमोजिम भिटामिन डि युक्त औषधीको प्रयोग गरेर पनि शरीरमा भिटामिन डिको पूर्ति गर्न सकिन्छ ।
भिटामिन डीको लेभलहरु हेरीरहनु पर्छ र कमि रहेछ भने पुरकहरु लिनुपर्छ।
कसलाई आवश्यक हुन्छ यो जाँच ?
-६०र७० वर्ष उमेर पुगेकाहरु
– बिहान घाम लाग्नु अगाडी अफिस जाने र बेलुका घाम अस्ताएपछि घर फर्किने कर्मचारिहरुलाई
– गर्भवतीहरुलाई
-जटिल किसिमका रोग भएकाहरु (क्यान्सर,मृगौला, कलेजोका बिरामीहरु)
यस्ता मानिसहरुले सकेसम्म ६र६ महिनामा र नसके वर्षमा एकपटक भए पनि भिटामिन डीको जाँच गराउन आवश्यक हुन्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #शरिरमा भिटामिन 'डी' को कमी भएमा के हुन्छ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्