८० प्रतिशत नेपालीलाई ग्यास्ट्रिक

काठमाडौं । झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् ।
मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पुर्याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ । आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ । सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिङटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने जस्ता लक्षण देखा पर्छन् । कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने र तौल घट्दै जाने लक्षणसमेत देखिन्छ । आमाशयका भित्तामा ‘इन्फ्लामेसन’ (सुन्निएर रातो भएर दुख्ने समस्या) भयो भने पनि त्यो ग्यास्ट्रिकमा परिणत हुने चिकित्सकहरू बताउँछन् । अन्ननली हुँदै खाना आमाशय पुगेपछि केही पाचन रस निस्कन्छन् । यी रससँग खानेकुरा मिसिन्छ । त्यसपछि आमाशयभित्रै पाचनक्रिया सुरु हुन्छ । पाचन क्रियापछि शरीरका लागि आवश्यक तत्व रहन्छ र बिकार वस्तु सानोआन्द्रा हुँदै बाहिरिन्छ ।
खानेकुरा पचाउनलाई सहयोग गर्ने हाइड्रोक्लोरिक एसिडले कहिलेकाहीँ आमाशयको साइडमै असर पार्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बेला यो एसिडका कारण आमाशयका भित्तामा ससना घाउहरू हुन्छन् । त्यस्ता घाउलाई सानो भएमा निरोजन र ठूलो भएमा अल्सर भनिन्छ । खानेकुरा पचाउन आउने र्यालजस्तो एसिड ब्याक्टेरिया तथा किटाणु मार्न निस्कने हो, तर कहिलेकाहीँ यो एसिड बढी निस्कियो भने शरीरलाई हानी पुर्याउँछ । पेटमा सानोआन्द्रा र आमाशयको ‘म्युकोजा’ कमजोर भए हाइड्रोक्लोरिक एसिड सामान्य नै रहे पनि ग्यास्ट्रिक हुन सक्छ । यसैगरी, आमाशयको भित्तामा ‘एच पाइलरी’ भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ‘इन्फेक्सन’ गराएपछि अल्सर तथा क्यान्सरको सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ ।
ग्यास्ट्रिक रोग जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तैः भोक लागेको बेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग बृद्धिमा सहयोग पुर्याइरहेको हुन्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्रा, शारीरिक श्रम वा व्यायाम नगर्नेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिन्छ । मदिरा तथा धुम्रपान जन्य पदार्थको सेवन, बढी मात्रामा चिया–कफि पिउने बानी र कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने चिकित्सकहरू बताउँछन् । यसैगरी, पेटको शल्यक्रिया, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग र एचआईभी एड्स संक्रमित बिरामीलाई पनि ग्यास्ट्रिकले सताउँछ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #८० प्रतिशत नेपालीलाई ग्यास्ट्रिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्