Techie IT
शुक्रबार, चैत्र २८,२०८१

जाडो मौसममा ओठ किन फुट्छ ?


यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ ।

जाडोमा किन फुट्छ ओठ ?

जाडोमा हामी कम पानी पिउने गर्छौं । शरीरमा पानीको कमीले ओठ सुक्खा हुन्छ र सजिलै फुट्छ । जाडो मौसममा हावा सुक्खा हुने भएकाले शरीरले हावाबाट पाउने मोइस्चराइजर पाउँदैन । जसकारण ओठ बढी फुट्ने गर्छ । जाडोमा ओठ सुक्खा हुँदा हामी बारम्बार छोइरहन्छौं वा चाट्छौं, जसकारण ओठ बढी सुक्खा हुन थाल्छ र फुट्छ ।  ओठमा जलन हुने टाँसिने वा कस्मेटिक उत्पादनको प्रयोग गरेमा पनि ओठ फुट्न सक्छ ।

 

ओठ फुट्ने समस्याबाट बच्ने उपाय

राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडो मौसममा ओठ किन फुट्छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545