Techie IT
शुक्रबार, चैत्र २८,२०८१

के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?


काठमाडौँ । नेपाली समाजमा पनि, स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ । कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न।

ग्रीन टी खाली पेटमा, खाना खाँदा र खाना खाने बित्तिकै पिउनु हुँदैन । खाना खानु अघि र पछि ३० देखि ४५ मिनेटको अन्तरको समय ग्रीन टी पिउनु उत्तम हो । ग्रीन टि अन्य चिया जस्तो पकाउनु पर्दैन । कपमा ग्रीन टि राखेर त्यसमाथि तातो पानी राख्ने । दुई–तीन मिनेट छोप्ने । त्यसपछि ग्रीन टि पिउन सकिन्छ ।

ग्रीन टि एकदमै लाभदायक छ । तर, यो कुनै औषधि होइन जसले तुरुन्तै प्रभाव पार्छ ।

ग्रीन टिको प्रभाव शरीरमा क्रमस पर्ने हो । नियमित रुपमा पिउनेहरुलाई यसले लाभ गर्छ । यसैगरी ग्रीन टि खाली पेटमा पिउनु हुँदैन ।

गर्भवती, रक्तचाप न्युन भएकाहरुले पनि ग्रीन टि पिउनु उचित हुन्न । कुनै रोगको उपचार गराइरहेका वा औषधि खाइरहेकाहरुले ग्रीन टि पिउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545