Techie IT
शनिबार, वैशाख ६,२०८२

जाडोमा गिजर र हिटरको प्रयोग कसरि गर्न सकिन्छ ?


पौष, काठमाडौं। चिसो बढेसँगै शहरी तथा ग्रामीण भेगमा ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग बढ्दै गएको छ । चिकित्सकहरुले भने ग्यास गिजर र विद्युतीय हिटर प्रयोग नै नगर्न सुझाएका छन् ।

जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन अहिले बजारमा ग्यास गिजर र विद्युतीय हिटरहरु सहजै पाइन्छन्।

विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि स्वास्थ्यको लागि भने यी सामग्री हानिकारक छन् । ग्यास गिजर प्रयोग गर्दा कार्वनमोनोअक्साइडको मात्रा बढी निस्किने भएकाले सावधानी नअपनाई यसको प्रयोग गर्दा ज्यानै जाने खतरा समेत हुन्छ ।

यस्तै विद्युतीय हिटर पनि स्वास्थ्यका लागि हानीकारक छ ।  पर्याप्त हावा आवतजावत नगर्ने ठाउँमा ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा समस्या हुने गर्छ । हुन त, सावधानीपूर्वक ग्यास गिजर, विद्युतीय हिटरको प्रयोग गर्ने हो भने समस्या झेल्नु पर्दैन ।

सावधान हुँदाहुँदै पनि ग्यास गिजर प्रयोग गरिरहेकाहरु बाथरुममा नै बेहोस हुने, हिटर बालेर सुतेकाहरुको मृत्यु भएका खबर पनि हामीले सुन्दै र कतिपय भोग्दै पनि आएका छौं ।

गिजरमा नुहाउँदा र हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु

  • सकेसम्म गिजर बालेर नुहाउनु हुँदैन,
  • भेन्टीलेशन राम्रो भएको बाथरुममा मात्र गिजर र हिटरको प्रयोग गर्ने,
  • दाउरा, गुइठा र कोइला बालेर नसुत्ने।

कार्बन मनोअक्साइड पोइजन भएमा तत्कालै कस्तो सावधानी अपनाउने ?

  1. सर्वप्रथम बिरामीलाई त्यो कोठाबाट हटाएर खुल्ला ठाउँमा राख्ने
  2. तुरुन्त अस्पताल लैजाने
  3. अक्सिजनको व्यवस्था गर्ने

नेपालमा ग्यास गिजर, हिटर प्रयोग गर्दा कति व्यक्तिको मृत्यु भएको छ भन्ने तथ्याकं छैन । तर चिसो मौसम सुरु भएसँगै अस्पतालहरुमा भने ग्यास गिजर, हिटर प्रयोग गर्दा समस्या भएका व्यक्तिहरुको संख्या बृद्धि हुने गरेको चिकित्सकहरु बताउँछन् ।


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडोमा गिजर र हिटरको प्रयोग कसरि गर्न सकिन्छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545