अदुवा हालेको चिया पिउँदा कुनै पनि यात्रा शुरु गरेपछि हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन । शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ । अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त मानिन्छ ।
त्यसैगरी अदुवाले तपाईको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । अदुवाको चियाले श्वाप्रश्वासमा हुने समस्या कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन लाभदायक मानिन्छ। चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया खाँदा चिसो हट्ने विश्वास गरिन्छ ।
यसले रक्त सञ्चारमा समेत सन्तुलन ल्याउने काम गर्छ । अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडका कारण रक्त सञ्चारलाई सन्तुलन गर्ने चिकित्सकहरु बताउँछन् । त्यस्तै विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।
त्यस्तै, अदुवा हालेको चियाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तपाईको कमेन्ट लेख्नुहोस्