Techie IT
बुधबार, माघ २,२०८१

यि हुन स्वस्थ्य रहन गर्नुपर्ने अनिवार्य ५ कुराहरु


१. प्राकृतिक खाना नै रोज्नुस्ः हामीले बजारमा पाउने धेरै खानाहरुमा शरीरलाई आवश्यक तत्वको कमी हुने गर्छ । त्यस्तै, मिठो स्वाद र रंगीन देखिने बनाउन प्रयोग गरिने अखाद्य किसिमका रसायनहरु हुने भएकाले पनि त्यस्ता खानेकुराको नियमित उपयोगले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको हुन्छ । कहिलेकाहीँको सेवन बेग्लै कुरा हो तर सकेसम्म आफ्नो निरन्तर खानाको लागि प्राकृतिक खाना तथा फलफूल नै प्राथामिकतामा राख्नुस् । सिजनअनुसारका फलफूल, सागपात, गेडागुडी, आलु, चना, केराउ, आदि नियमितरुपमा उपयोग गर्नुहोस् ।
२. चलायमान बन्नुहोस्ः मानिसले आफूलाई फिट तथा तन्दुरुस्त राख्न धेरै कडा किसिमका शारीरिक अभ्यास गर्ने गर्छन् । यद्यपि पछिल्ला अनुसन्धानले दैनिक केवल १५/२० मिनेटको को शारीरिक अभ्यास वा हप्तामा २ घण्टाको सामान्य हिँडाइले नै मानिसलाई आफ्नो स्वास्थ्य सन्तुलित बनाउन सहयोग गर्दछ । त्यसकारण समय नहुँदा वा दैनिकको धेरै अभ्यासले तनाव उत्पन्न गराएको छ भने यसो पो गर्ने कि ?

३. विषादीयुक्त वस्तु उपयोगबाट टाढै बस्नुस्ः टक्सिन् भन्ने बित्तिकै अल्कोहलिक पदार्थ तथा धुम्रपानको प्रयोग भन्ने बुझिन्छ तर हामीले नियमित प्रयोग गर्ने चिनीको मात्रा, धेरै चिल्लो पदार्थ तथा बोसोयुक्त खाना, आदिले पनि स्वास्थ्यलाई शरीरमा स्लो पोइजनको काम गरिरहेको हुन्छ । तसर्थ यस्ता खानेकुराबाट सम्भव भएसम्म टाढै रहनु उचित हुनेछ ।

४. ध्यान गर्नुस्ः नियमित ध्यान गर्नाले मानिसको रोगसँग लड्ने क्षमता वृद्धि हुने, मस्तिष्कमा खुशी प्रदान गर्ने किसिमका सेरोटोनिन, एन्डरफिन्स जस्ता मस्तिष्क रसायनहरु उत्पादन हुने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, सृजनशील बनाउने लगायतका दर्जनौँ फाइदाहरु हुन्छन् । तसर्थ केही समय आफैँभित्रको यात्रामा सामेल भएर पनि आफ्नो जीवनलाई व्यवस्थित बनाउन सक्नुहुन्छ ।

५. प्राकृतिक ठाउँको घुमघामः प्रकृतिको काखमा रमाउन कसलाई पो मन नपर्ला र ? वास्तवमा रिसर्चहरुले के देखाएका छन् भने जति हामी प्रकृतिसँग साक्षात्कार गर्छाैँ त्यति नै हाम्रो स्वास्थ्यमा सकारात्मक परिवर्तनको लागि सहयोग गर्छ । हामी भित्रको हार्माेनल सन्तुलनमा समेत काम गर्छ । त्यस्तै केही समय घाममा बसेर प्राप्त हुने भिटामिन ‘डि’ ले माटोपना घटाउने, हार्माेनसम्बन्धी समस्या तथा क्यान्सरसम्म लाग्न नदिने कार्यमा मद्दत गर्दछ । तर धेरै समयमा घाममा रहँदा विकिरणहरुको नकारात्मक प्रभाव पनि पर्न सक्छ, यसमा भने सचेत हुन आवश्यक छ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #स्वस्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
12°
Fair
6:54 am5:31 pm +0545